बेलायत आउने भएपछि किनमेलमा निस्किए प्रधानमन्त्री देउवा

लण्डन । बेलायत आउने भएपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा शपिङ्ग गर्न शपिङ्ग सेन्टर गएका छन् ।

विहिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा पुगेर उनले शपिङ्ग गरेका हुन् । उनी शपिङ्ग गर्न केहीबेर अघि सुरक्षाकर्मीको साथमा त्यहाँ पुगेका थिए ।

उनले के के चिजबस्तु खरिद गरे भन्नेबारे प्रधानमन्त्रीको सचिवालयले बताउन चाहेन । उनी भोली (शुक्रवार) लण्डन प्रस्थान गर्दैछन् ।