प्रेमिका भेट्न नेपाल आएका जर्मन नागरिक ठमेलमा मृत भेटिए

काठमाडौं । काठमाडौंको ठमेलमा एक जना जर्मन नागरिक मृत भेटिएका छन् ।

शुक्रबार बिहान ठमेलस्थित बिहानी होटलको पहिल्लो तल्लाको २०१ नम्बर कोठामा जर्मन नागरिक डेबिट मिट ज्याकेट मृत भेटिएका हुन् ।

उनी तीन महिनाअघि नेपाल आएको खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । आफ्नी प्रेमिका भेट्न डेबिट नेपाल आएको पनि खुलेको प्रहरीले जनाएको छ । उनकी प्रेमिकासँग पनि सोधपुछ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।