बेलायतमा एकैदिन भेटिए ३७ हजार बढी सङ्क्रमित

लण्डन । बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् ।

पछिल्ला केही दिनमा यहाँ कोभिड संक्रमितहरु थपिने क्रम बढेको छ ।

गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै बेलायतमा ६९ लाख ७८ हजार ६२ जना सङ्क्रमित पुगेका छन् ।

त्यसैगरी यहाँ गएको २४ घण्टामा ६८ जनाको कोरोनाकै कारण निधन भएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमितहरु थपिने र निधन हुनेको सङ्ख्या पनि बढेको छ ।

उक्त भाइरसबाट हालसम्म एक लाख ३३ हजार २२९ जनाको निधन भइसकेको छ । पछिल्लो समयमा लकडाउन खुला गरिएको कार(ापनि सङ्क्रमण बढ्दै गएको पाइएको छ । यस्तै अब विस्तारै विद्यालयहरु पनि खुल्दै गएको कारण कोभिड बढ्नसक्ने चिन्ताहरु बढेका छन् ।