अफगानिस्तानमा खाद्य संकट चुलिँदै

Afghans crowd at the tarmac of the Kabul airport on August 16, 2021, to flee the country as the Taliban were in control of Afghanistan after President Ashraf Ghani fled the country and conceded the insurgents had won the 20-year war. (Photo by - / AFP)

काठमाडाैं ।

राष्ट्रसंघले अफगानिस्तानमा एक महिनाभित्र खाद्य संकट निम्तिने चेतावनी दिएको छ । खाद्य अभावमा तीनमध्ये एकजना अफगानी भोकै हुने चेतावनी समेत राष्ट्रसंघले दिएको छ । दुई साताअघि काबुललाई कब्जा गरेको तालिवानले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला राष्ट्रसंघको यस्ताे चेतावनी आएको हो ।

‘मानवीय दृष्टिकाेणबाट हेर्दा अफगानिस्तानको अवस्था निकै तनावपूर्ण देखिन्छ,’ अफगानिस्तानका लागि राष्ट्रसंघका मानवीय सहयोगसम्बन्धी संयोजक रमिज अलाकवारोभ भन्छन् । देशका आधाभन्दा बढी बालबालिका पर्याप्त खानेकुरा खानबाट वञ्चित भएको बताए ।

अफगानिस्तामा खानेकुराको मूल्य ५० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, पेट्रोलमा प्रति लिटरमा ७५ प्रतिशतसम्म वृद्धि भएको छ । दातृ सहयोग बन्द हुँदा अधिकांश सरकारी कार्यालय ठप्प छन् भने कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् ।

तलिवानले अझै नयाँ सरकार गठन गर्न बाँकी छ र त्यसले अन्तर्राष्ट्रिय समर्थन पाउन मुस्किल छ । बुधबार मात्र तालिवानले आफूले कब्जामा लिएका सैन्य सामग्री प्रदर्शन गर्दै कन्दाहरमा परेड खेलेका थिए ।