बेलायतबाट ज्योतिले ल्याइन् ‘परदेशी छोरी’ (भिडियोसहित)

लण्डन ।लण्डनबाट ज्योति गुरुङ्गले आफ्नै कला संस्कृति र मौलिकतामा आधारित गीत “परदेशी छोरी” बोलको गीत सार्बजनिक गरेकी छिन् । प्रस्तुत गीतमा बाध्यताले परदेशमा आफ्नो दैनिक बिताउँदा तीज तिहार भन्न नपाएको यथार्थता सामबेश गरिएको छ ।

ज्योति गुरुङ्गको शब्द रहेको भिडियोमा विशेष अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल रहेकी छन् भने कोरियो ग्राफर सरु गुरुङ्ग राना तथा गीतको लय सुरज लामिछानेको रहेको छ ।भिडियोलाई निर्देशन कुशल श्रेष्ठले गरेका हुन् भने छायांकन राजकुमार श्रेष्ठ र सम्पादन पनि निर्देशक स्वयम् ले गरेका छन् ।

एक परदेशी चेलीको बिलौना समाबेस गरिएको गीतलाई लोकप्रिय गायिका सुनिता दुलालले स्वर बद्ध गरेकी छिन् । यस गीतको म्युजिक भिडियोमा ज्योति गुरुङ्ग, निरु कोइराला, आस्था जोशी, बिनु लामिछाने घिमिरे, रिमा कंडेल, गुरुङ्ग रत्ना, सरला पौडेल, सबु सेन, दिपिका श्रेष्ठ. दया गुरुङ्ग, ममता राई, मुना राउत, काब्य कृति, राधा गुरुङ्ग, बिना राई र रोशन राईको अभिनय देख्न सकिन्छ ।

उक्त गीत परदेशी छोरी शीर्षकमा जे.जी.क्रियशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेरौँ परदेशी छोरी (भिडियो)