लन्डनमा एनजे गुरुङले गरे एक मिनेटमा ९४ पुस अप: [भिडियाे सहित ]

लन्डन । ग्य्राण्ड मास्टर डा. एनजे गुरुङले मोस्ट नकल पुस अप वान मिनेट गिनिज वर्ल्ड रेकर्डका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

आइतबार २ अक्टोबर, २०१६ का दिन बिहान नर्थहोल्ट पार्क सोसियल क्लव, लन्डनमा उनले एक मिनेटमा ९४ पटक पुस अप गरे । हालसम्म गिनिजको मोस्ट नकल पुस अप वान मिनेट रेकर्डमा ८४ कायम छ । क्यानेडियन नागरिकले उक्त कीर्तिमान बनाएका हुन् ।fa1

आइतबार तेक्वान्दोका आठौं डान गुरुङले बेलायती क्वालिफाइड अफिसियल, निर्णायक, नेपाली संघसंस्थाका प्रतिनिधि, विभिन्न व्यवसायीक व्यक्तित्व र पत्रकारहरुको माझमा उनले नयाँ कीर्तिमानको दावेदारी प्रस्तुत गरेका हुन् ।   सम्भवतः दश देखि १२ हप्ताभित्र गिनिज वर्ल्ड रेकर्डले उनलाई विश्वकै पहिलो रेकर्ड होल्डरमा नाम अंकित गर्नेछ ।

एनआरएनए आइसीसी युरोप स्पोर्टस टाक्स फोर्सका संयोजक गुरुङ एनजे तेक्वान्दो एकेडेमी यूकेका संस्थापक समेत हुन् ।    उनी नोआ आर्क स्पोर्ट साइन्स युनिभर्सिटी बिल्डिङ्ग द गडस किङगडम मिसन नामक च्यारिटी संस्था दर्ता गरेर खेलकुद विकासमा खटिने अभियानमा छन् ।

भविष्यमा तेक्वान्दोबाट नेपाललाई ओलम्पिकमा सहभागिता गराउने उनको अठोट छ ।   एन्टा यूके अध्यक्ष समेत रहेका गुरुङले सन् २०१२ र २०१६ को ओलम्पिकका लागि संस्थामार्फत आर्थिक सहयोग गरेका थिए ।

तस्बिर:ओमकार गुरुङ