थापाथलीस्थित द बि्रटिस कलेजले भूकम्पबाट अति प्रभावित नुवाकोटको सामरी गाविसमा राहत वितरण गरेको छ । भुकम्प गएको १३ दिन बितिसक्दा समेत कुनै पनि राहत नपाएका सामरीका २ र ३ नम्बर वडाका पिडितमाझ एक मेडिकल टोलीसहित बि्रटिस कलेजको टोली उक्त स्थानमा पुगेर राहत वितरण गरेको हो । कलेजले पीडितहरुलाई २०० बोरा चामल, ६० थान त्रिपालसहित विभिन्न लत्ताकपडा पनि वितरण गर्यो ।
कलेजको ब्यवस्थापन समूहकै सञ्चालनमा रहेको बि्रटिस कलेजको भागिनी संस्था लण्डनस्थित निम ट्री फार्मेसीबाट पठाइएका विभिन्न औषधि, भिटामिन र बच्चाको दुध लगायतका सामाग्री पनि स्थानीयलाई बाडिएको थियो । ३ जना डाक्टर र दुई जना नर्ससहितको मेडिकल टोली लिएर सामरी पुगेको काडेल ग्रुपले त्यहााका भूकम्प पिडितमाझ पहिलोपटक बिहिबार हेल्थ क्याम्प समेत चलाएको थियो । त्यसक्रममा भूकम्पबाट घाइते भएका तथा अन्य गरी झण्डै तीन दर्जन स्थानीयको उपचार गर्नका साथै आवश्यक औषधि वितरण गरिएको सामरी पुगेका कलेजका प्रमुख कार्यकारी निर्देशक राजन काडेलले बताए ।
काडेलको नेतृत्वमा गएको राहत टोलीमा स्वास्थ्यकर्मीबाहेक काठमाडौंस्थित द बि्रटिश कलेजका कर्मचारी र विद्यार्थी समेत संलग्न थिए । भूकम्प पीडितको लागि ६० लाखको राहत बजेट बनाएको काडेल ग्रुपले यसअघि काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सिमानामा पर्ने नाग्लेभारेमा पनि खाद्यान्न, त्रिपाल, लतकपडालगायतका राहत समाग्री बााडिसकेको छ । निर्देशक काडेलका अनुसार अब सिन्धुपाल्चोकका थप प्रभावित गाउाहरु पुग्ने उनीहरुको योजना छ ।







![10983245_1083635688318434_2220609137506637904_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/10983245_1083635688318434_2220609137506637904_n1.jpg)