एन्टाको अध्यक्षमा तेस्रो पटक पनि शाह चुनिए, अन्य पदमा को ?

सिड्नी । एसोसियसन अफ नेपाल तराई इन अष्ट्रेलियाको अध्यक्षमा फेरी पनि सुबास शाह चयन भएका छन् ।

यसअघि अध्यक्षमा निर्वाचित भएका प्रविन चौरासियाले समय दिन नसकेको कारण पहिले दुई कार्यकाल अध्यक्ष नै भइसकेका शाहले फेरी अध्यक्षको जिम्मेवारी लिएका हुन् ।

आइतवार भएको एक कार्यक्रमले शाहको अध्यक्षतामा कार्यसमितिलाई पूर्णता दिएको छ । जसको उपाध्यक्षमा एमडी जुमद्धिन हवारी, महासचिवमा कन्चन ठाकुर, कोषाध्यक्षमा विकाश कुमार झा, सहसंयोजकमा राकेश कुमार शाह, पव्लिक अफिसरमा अशोक यादव रहेका छन् । त्यस्तै कार्यकारी सदस्यहरुमा वितेश कुमार सिंह, पंकज शाह, जितेन्द्र शाह। न्विन यादव, रन्जित गुप्ता, रुपक अधिकारी, एम.डी. सैफुल्ला र रन्जित कुमार दास रहेका छन् ।

अध्यक्ष शाह यसअघि दुई पटकसम्म नेतृत्व गरिसकेका थिए । अब तेस्रो कार्यकालको लागि उनी नेतृत्वमा आएका हुन् ।

आगामी दिनमा नयाँ पुस्ताहरुलाई नेतृत्व तहमा समेट्ने गरी अघि बढ्ने उनले बताए । तराईको संस्कृतिलाई प्रवद्र्धन गर्ने, अष्ट्रेलियामा हुर्कदै गरेका नेपालीहरु बालबालिकाहरुलाई तराईको संस्कृतिहरु सिकाउने अभियान चलाउने उनको भनाई छ ।

त्यस्तै एनआरएनए लगायतका संस्थाहरुसँग समन्वय गरेर नेपाल र नेपालीको हकहितको निम्ती संस्था र वर्तमान कार्यसमिति लागि पर्ने उनको भनाई छ ।