लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको चुनावका क्रममा कुटाकुट भएको छ । आगामी कार्यकाल २०२१– २३ का लागि नेतृत्व चयन गर्न हुन लागेको चुनावी प्रक्रियाका क्रममा एकआपसमा कुटाकुट भएको हो ।एनआरएनए बेल्जियमको आन्तोर्पेन बुथमा झडप भएको हो।
बेल्जियम प्रहरीले आक्रमणकारीहरुको पहिचान खोजी शुरू गरेको छ । प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको र श्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको जनाइएको छ ।
नेपाली जनसम्पर्क समिती बेल्जियम सभापति सीता सापकोटाको स्टाटस यस्तो छ ?
बेल्जियममा रहेका नेपाली जनवर्गीय संगठनहरुले उक्त घटनाको घार भर्त्सना गरेका छन् ।
नेपाली जनसम्पर्क समिती बेल्जियम सभापति सीता सापकोटा, नेपाली जनप्रगतिशिल मञ्च बेल्जियम अध्यक्ष जित लामा, नेपाली सङ्घिय समाज बेल्जियम महासचिव लोक राना र प्रवासी नेपाली एकता मञ्च बेल्जियमका अर्जुन दाहालले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनाको निन्दा गर्दै घट्ना घट्नुको कारण एन आर एन बेल्जियमको सदस्य बितरण तथा नबिकरण समिति संयोजक तिर्थ धमलाको नियोजित चरम लापरबाही रहेको दाबी गरेका छन् ।
सदस्यता भैसकेको ब्यक्तिहरुलाई पनि छानी छानी हटाउने। हरेक दिन हरेक घण्टा घण्टामा फरक फरक नाम लिस्ट निकाल्ने र निर्वाचन समितिको संयोजक लोक दाहाल लगायतले एक पक्षिय नामको मात्रै रुजु गर्ने भएको लगायतका कारण यस्तो अवस्था आएको उनीहरुको भनाई छ ।
उनीहरुले घटनाको कारकलाई कारवाही गर्न माग गर्दै संलग्न व्यक्तिहरुलाई भविष्यमा यसप्रकारका जिम्मेवारी नदिने समेत माग गरेका छन् । विज्ञप्तीमार्फत उनीहरुले भनेका छन्, ‘यस घट्नाको निष्पक्ष छानबिन गरियोस र वर्तमान सदस्यता बितरण समिती र निर्वाचन समितिलाई भविस्यमा यस्तै सामाजिक जिम्मेवारी नदिन अपिल गर्दछौं । यस्ता सबै गलत क्रियाकलापलाई रोक्न नसक्ने निवर्तमान समिती पनि जिम्मेवार रहेको ठहर गर्दै निस्पक्ष छानबिनको गरियोस भन्न चाहान्छौँ।’
यस पटकको चुनावमा अध्यक्ष पदका लागि उपाध्यक्ष खड्कबहादुर केसी, वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य व्यवसायी अनुजा प्रधान र सीपी भट्टको उम्मेद्वारी परेको थियो । अध्यक्षको दावी गरिरहेका तीनैजना उम्मेद्वारहरु बेल्जियमका ब्यवसायी हुन्, भने भट्ट अघिल्लो एनसीसीमा मनोनित कार्यसमिति सदस्य हुन् ।
निर्वाचनमा हुने विभिन्न पदको लागि कुल ३६ जनाको उमेदवारी परेको छ । एनआरएनए बेल्जियममा यो पटक नयाँ तथा पुराना गरी २ हजार १६२ जनाले मात्र पंजिकृत सदस्यता लिएका छन् ।






