एनआरएनए युके उपाध्यक्षमा युबा व्यवसायी ओमन गौचन (हेन्सन)ले गरे उम्मेद्वारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको उपाध्यक्ष पदमा बेलायतमा रहेका सफल युबा व्यवसायी ओमन गौचन (हेन्सन)ले उम्मेद्वारी घोषणा गरेका छन् ।

बृहत सोच अनुरुप एनआरएनए युकेका अग्रज अभियन्ता, शुभेच्छु र अभिभावकहरुको सल्लाह र सुझावलाई मनन गर्दै उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको गौचनलेले लण्डन नेपाल न्यूजलाई बताए । गौचनले आगामी २०२१–२३ कार्यकालको लागि आफ्ना प्रतिबद्धताहरुसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।

एनआरएनएलाई संसार भरी रहेका सबै पेशा, ब्यबसाय र भुगोलमा रहेका प्रबाशी नेपालीहरुको साझा र अपनत्व हुने सस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने उनको भनाइ छ। उपाध्यक्षमा निर्बाचित भएपछि सस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने,समेत उनको भनाइ छ।

बेलायतमा रहेका नेपाली समुदायको निम्ती एनआरएनएको उपाध्यक्ष पद एक सशक्त पद रहेको उल्लेख गर्दै उनले नेपालीको आवाज सरकारसामू पुर्याउने गरी काम गर्ने उद्धेश्य लिएर उम्मेद्वारी घोषणा गरेको लण्डन नेपाल न्यूजलाई बताए।

एनआएनए यूकेलाई मात्रै नेपाल सरकारले बेलायतमा नेपालीहरुको संंस्था भनेर चिन्ने गर्दछ, प्रधान सम्पादक शिव भण्डारीसँग उनले भने, मैले सार्वजनिक व्यक्तिको हैसियतले नेपालीहरुका विभिन्न एजेन्डाहरु शसक्त रुपमा उठाउने छु ।
उनले २०२१ सम्म यूकेमा ११ हजार भन्दा बढी नेपाली ग्राजुएट विद्यार्थीहरु बेलायती उच्च पदमा रही क्यारियर बनाइरहेको भन्दै उनले उनीहरुलाई नेपाली समुदायको उत्थानको निम्ती एनआरएनए यूके प्लाटफर्ममा ल्याउने बताए ।हालसम्म नेपाली समुदायले पाउन नसकेका अधिकारहरु स्थापित गर्नको निम्ती लड्ने समेत उनले प्रतिबद्धता जनाए ।

नेपाली दूतावाससँग समन्वय गरेर नेपाल र यूकेवीचका विभिन्न विषयमा सम्बन्ध स्थापित गर्नमा पनि भूमिका निभाउने उल्लेख गर्दै उनले ती प्रतिबद्धताहरु पूरा गर्नको निम्ती एनआएनए यूके उपाध्यक्षमा मत दिन आग्रह गरेका छन् । नयाँ नेतृत्व चयन गर्नको निम्ती बेलायतमा ३१ जुलाई मा चुनाव हुँदैछ ।

के के छन् उनका प्रतिबद्धता ?

उनले उम्मेद्वारी घोषणा गर्दैगर्दा केही प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।

  • भविष्यमा प्रवासीहरुको संस्कृति, नेपाली भाषाको संरक्षणमा जोड दिने,
  • युवाहरुका लागि नेतृत्व विकास र व्यक्तित्व विकासका लागि बिशेष खालका कार्यक्रम आयोजना गर्ने
  • गैरआवासीय  नेपाली संघलाई सबै प्रवासी नेपालीहरुको साझा संगठनको रुपमा बिकसित गर्ने र नेपालको पर्यटन व्यवसायलाई समेत प्रवर्धन गर्ने
  • स्थानीय कलाकारहरुको संगठनसंग सहकार्य गरी कला, साहित्य र संगीत क्षेत्रलाई प्रवर्धन गर्ने, नेपाली युवा खेल
  • यी बाहेक आवश्यकताअनुसार सबैसँग समन्यव गरेर अघि बढ्ने उनको भनाई छ ।