डेविड गुरुङले प्रेम गाहा मगरलाई खुलेर सहयोग गर्ने

लण्डन । तमुधि युकेका सस्थापक उपाध्यक्ष डेविड गुरुङले जुलाई ३१ मा तय भएको एनआरएनए युकेको चुनावमा आफु प्रेम गाहा मगरलाई अध्यक्षमा खुलेर सहयोग गर्ने बताए ।

एनआरएनए युकेको दुई कार्यकाल सफल उपाध्यक्षको रुपमा आफ्नो कार्यकाल सकाऊदै गर्दा आउदो अध्यक्ष उहा भन्दा अरुको बिकल्प नभएको एक कार्यक्रममा बताए ।

उनले एनआरएनए युकेलाई पारदर्शी र गतिशील रुपमा खुलेर अघि बढ्न तथा बेलायतमा सबै भन्दा बढी समस्यामा परेको गोर्खाज हरुलाई समेटेर लाने क्रममा अध्यक्ष प्रत्यासी प्रेम गाह मगर अग्रसर रहेको पुस्टि गरे।

दुई कार्यकाल कार्य समितिमा रहँदा नेपाली समाजको एकता, संस्थाको पारदर्शिता र सुदृढीकरण, भूतपूर्व गोर्खाहरुको समस्या समाधान, खेलकुद, युवाहरुको सहभागिता, मातृभूमिमा आइपरेको विपदमा सहयोग संकलन लगायतका क्षेत्रमा गरेका कामको आधारमा नै बेलायतवासी नेपाली समुदायले समर्थन गर्ने तमुधि युकेका सस्थापक उपाध्यक्ष गुरुङको विश्वास रहेको छ ।

तमुधि लन्डनका पुर्व अध्यक्ष समेत रहेका समाजसेवी गुरुङले सम्पूर्ण समाजलाई एक जुट भएर प्रेम गाह मगरलाई पूर्ण सहयोग गर्न आब्हान गरे। गुरुङले चुनावबिनै निर्बोरोध अध्यक्षको रुपमा प्रेम गाह लाई दिनु पर्ने जिकिर गरे।