सिड्नी । सिड्नीमा वितेको २४ घण्टामा ४४ जना संक्रमित थपिएका छन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै न्यू साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेक्जिलियनले २४ घण्टामा सो मात्रामा संक्रमित थपिएको जानकारी दिइन् ।
ती संक्रमितहरुमध्ये ३५ जना स्रोत भेटिएको छ । जसमध्ये २५ जना संक्रमित घरायसी सम्पर्कबाट फैलिएको पाइएको छ भने १० जना क्लोज कन्ट्याकबाट संक्रमित हुन् पुगेको उनले बताइन् ।जसमध्ये ९ जनाको संक्रमणको स्रोतबारे अध्ययान भइरहेको छ ।
त्यस्तै १० संक्रमितहरु आइसोलेसनमा बसेका छन् भने ८ केसहरु केही समय आइसोलेसन बसेको पाइएको छ । त्यस्तै १९ संक्रमितहरु समुदायस्तरमै संक्रमणमा परेका थिए भने ७ संक्रमितहरुको अस्था अध्ययनकै क्रममा रहेका छन् ।
त्यस्तै १ ओभरसिज संक्रमण पनि देखिएको प्रिमियरको भनाइ छ । न्यू साउथ वेल्समा महामारी शुरू भएसँगै संक्रमितको संख्या ५९२० पुगेको छ ।
संक्रमण बढ्दै गएपछि यसको चेन ब्रेक गर्नको निम्ती सिड्नीमा पूर्ण रुपमा लकडाउन गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रिमियर बेरेक्जिलियनले सरकारले तोकेका स्वास्थ्य मापदण्डहरु अनिवार्य रुपमा पालना गर्न आग्रह गरिन् । अन्यथा संक्रमण रोक्न कठिन हुने उनको भनाई छ ।







