नेपालमा गएको बिनासकारी महाभुकम्प पश्चात उद्धारमा आएका भारतीय शैनिकले नेपालमा ज्यादती गरेको भन्दै सुनसरीको इटहरी स्थित जनता क्याम्पसका बिद्यार्थिहरुले मंगलवार दिउसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन ।
राहत रउद्धारको नाममा नेपाली भुमिमा भारतीय शेना तथा अन्य गिरोहले ठाडो हस्तक्षेप गरेको भन्दै इटहरीस्थित जनता क्याम्पसका बिद्यार्थिहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पूत्ला जलाएका हुन ।
क्याम्पसको प्राङगणबाट बिभिन्न नारावाजी गर्दै निस्किएका बिद्यार्थिहरुको संगठन क्रान्तिकारी बिद्यार्थी र अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले इटहरीको पच्छ्रुकी मोडमा मोदीको पुत्ला जलाएका हुन ।
भुकम्प पश्चात राहत र उद्धारको नाममा भारतीयहरुले नेपाली भुमि छाडन नमानेको र नेपालको गरिमामय गौरवलाई समेत आच आउने काम गरीरहेको भन्दै भारतबाट आएका उद्धारकर्मीहरुलाई तत्काल नेपाल छाडन बिद्यार्थीहरुले चेतावनी दिदै आएका छन ।भारतीय पत्रकारले नेपालको ठमेल लाई मिनी ईन्डिया समेत भनेका थिय ।
तस्विर : मनोज भुजेल








