बैंकको भग्नावशेषमा भेटियो २ करोड ४८ लाख रुपैयाँ

काठमाडौं, २१ वैशाख । गत वैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त भएको बालाजुको बैंक अफ काठमाडौ शाखाको भवनमा फेला परेको २ करोड ४८ लाख ८५ हजार ४ सय रुपैयाँ सशस्त्र प्रहरी बलले बैंकका सम्बन्धित कर्मचारीलाई बुझाएको छ । सशस्त्र प्रहरी बलको ‘सर्च एन्ड रेस्क्यू’ टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको शाखाको ‘सेफ’बाट उक्त रकम सम्बन्धित कर्मचारीलाई बुझाएको हो । सशस्त्र प्रहरीका निरीक्षक धीरेन्द्र चन्दको कमान्डमा खटिएको टोलीले बैंककै कर्मचारीको रोहबरमा उक्त रकम निकालिएको हो ।