लण्डनमा जागिर खोज्दै हुनुहुन्छ ? एसबीजी ग्रुपले माग्यो ५० कर्मचारी

लण्डन ।के तपाईँ जागिरको खोजीमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने बेलायतमा नेपालीहरुलाई एसबीजी ग्रुपले स्थायी जागिर दिने भएको छ ।

सेन्टर लण्डन क्षेत्रमा आफ्नो कम्पनीका लागि एसबीजी ग्रुपले( Shoreditch Bars Group) ५० जनाको लागि स्थायी रोजगारी खुलाएको हो । क्लबमा बार मेनेजर,बार स्टाफ, फ्लर स्टाफ,किचन स्टाफ, वेटर, बार टिम मेम्बर लगायतका पदमा रोजगारी खुलाइएको हो ।

दिउँसो तीन बजेदेखि विहान ५ बजेसम्म सिफ्टमा काम गर्न सक्ने लगनशील र मिहेनती व्यक्तिहरुले आफ्नो करिकुलम डाटा इमेल गर्न कम्पनीका सिनियर अफिसर राज खड्काले आग्रह गरेका छन् । उनका अनुसार नाइट क्लब र बार सिफ्टमा काम गर्नुपर्ने हुन्छ, यसको लागि अनुभव अनिवार्य गरिएको छैन । तर अनुभवि कामदारहरुलाई उच्च प्राथमिकता दिइने उनले बताए । घण्टाको आधारमा उच्चतम दरले स्यालरी प्रदान गरिने भन्दै उनले दत्तचित्त भएर काम गर्न इच्छुकले सम्पर्क गर्न आग्रह गरे ।

‘रोजगारी धेरैको आवश्यकता र थोरैको रहर हुनेगर्छ । सही तरिकाले खोजी गर्ने हो भने जागिर पाउन सकिन्छ’, खड्काले भने, ‘अवसर र चुनौती उत्तिकैरूपमा रहेका हुन्छन् र सकारात्मक रहँदै तीव्र इच्छाशक्ति र लगाबका साथ हरेक चुनौतीलाई अवसरमा परिणत गर्न सकिन्छ ।’ उनले अहिले ५० जनालाई रोजगारी दिन लागिएको र आफूलाई सन्तुष्ट हुनेगरी काम गर्ने व्यक्तिलाई पनि सन्तुष्ट हुनेगरी सेवासुविधान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार आवेदन दिएका इच्छुक व्यक्तिहरुलाई व्यवस्थापकीय टिमले अन्तरवार्ता लिनेछ र रोजगारी प्रदान गर्नेछ । जागिरबारे जानकारी लिन खड्काको सम्पर्क नम्बर ०७७६६०४०५८१ मा फोन गर्न आग्रह गर्दै उनले आफ्नो सिभि khadkaraj@hotmail.co.uk मा इमेल गर्न आग्रह गरेका छन् ।