१८ वैशाख – भूकम्प पीडितका लागि निजी संघसंस्था र व्यक्तिले खाता खोलेर जम्मा पारेको राहत रकम नेपाल सरकारले कब्जा गर्ने निर्णय गरेको छ।
विहीबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तो रकम कुनै बैंकमा जम्मा पारिएको भए सरकारले सोझै आफ्नो खातामा तान्ने निर्णय गरेको छ।
भूकम्प पीडितका लागि विभिन्न संघ संस्थाले खाता खोलेर राहत संकलन गर्न थालेपछि यसमा सरकारको आँखा लागेको हो। मन्त्रिपरिषद बैठकमा यस्तो प्रस्ताव अर्थमन्त्री डा. रामशरण महतले ल्याएको स्रोतले जनाएको छ।








