अस्ट्रेलियाकी संघीय सांसद लिन्डा भुरभुरेमा (फोटो फिचर)

तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियाकी संघीय सांसद लिन्डाले नेपालीले सञ्चालन गरेको व्यवसायको गत मंगलबार अवलोकन गरेकी थिइन् । नेपाली व्यवसायी महेश प्रसाईं (म्याक्स बाबु) ले रकडेलमा सञ्चालन गरेको भुरभुरे मःमः सेन्टरको संघीय सांसद तथा परिवार र समाजसेवा छायाँमन्त्री लिन्डा तथा उनको जम्बो टोलीले रेस्टुरेन्टको अवलोकन गरेको थियो ।

सामाजिक अभियान्ता तथा व्यवसायी म्याक्स बाबुका अनुसार बार्टन क्षेत्रमा नेपालीहरुले सञ्चालन गरेको व्यवसायको सांसद लिन्डाले खुलेर प्रशंसा गरेकी थिइन् । उनले नेपाली खानाको पनि मुक्तकण्ठले प्रशंसा गरेकी थिइन् ।

बार्डन क्षेत्रमा नेपालीहरुले सञ्चालन गरेको व्यवसायप्रति सांसद लिन्डाले सन्तोष व्यक्त गरिन् । अवलोकनका क्रममा उनले त्यस क्षेत्रमा नेपाली व्यवसायले लिइरहेको सफलता र यी व्यवसायीले स्थानीय सरकारलाई पु-याइरहेको सहयोगबारे उल्लेख गरेकी थिइन् ।

‘भीसा लागेर पनि अस्ट्रेलिया आउन नपाएका विद्यार्थीलाई ल्याउने वातावरण बनाइने मैल अनुरोध गरेको थिएँ, उनले यो विषय गम्भीर रुपमा लिएको जवाफ दिइन्’ म्याक्स बाबुले भने, ‘मैले कोभिड–१९ ले नेपालमा पु-याएको असरबारे उनलाई जानकारी गराएँ ।’

अस्ट्रेलियामा रहेका नेपालीहरुले सञ्चालन गरेको व्यवसाय राम्रो भएको र यस क्षेत्रमा नेपालीले सञ्चालन गरेको व्यवसाय राम्रो भएका थाहा पाउँदा उनले खुशी व्यक्त गरेकी थिइन् ।