पिटरबोरो नेपाली समाजले भूकंप पीडितहरुका लागि राहत सामग्री नेपाल पठायो

पिटरबोरो,

पिटरबोरो नेपाली समाज यूकेले भूकंपले पीड़ितहरुको सहायताको लागि हिजो पहिलो लटमा ९ थान पाल र टेंट ,१० थान बलान्केट नेपाल पठाएको छ ।11152335_10205488919654364_5314185140502483983_n[1]

यस्तै २०० केजी लत्ताकपडा नेपाल पठाउन तयारी अबस्थामा रहेको जानकारी यस कार्यको संयोजन गर्नु भएका समाजका उपाध्यक्ष भरत पाण्डे गराउनु भएको छ । कार्गोको व्यवस्था मिलाउने सल्लाहाकार गोबिन्द बेलबासे र हिथ्रो एयरपोर्टसम्म लैजाने सदस्य उमा श्रेष्ठ लगायत सबै सहयोगीहरुमा पिटरबोरो नेपाली समाजले आभार व्यक्त गरेको छ ।10421251_10205488918934346_2441350393064293846_n[1]

पिटबोरो नेपाली समाजका अध्यक्ष केशब भण्डारीले जानकारी गराउनु भए अनुसार बेलायतको वेस्ट मिडलैंड र क्याम्ब्रिजशेयर बस्ने नेपालीहरुको सामाजिक संथाहरु पिटरबोरो नेपाली समाज , शांति नेपाली समाज बेलायत , हाम्रो नेपाली समाज वेस्ट मिडलैंड , सृजनशील समाज लेस्टर , नेपाली समाज नटिंघम लगायतको संयुक्त सहयोगमा अाजदेखि गोर्खाको भूकंप प्रभावित गाउँहरुमा बिभिन्न राहात सुबिधा र स्वास्थकर्मी सहित स्वास्थ्य शिबिर सञ्चालन हुदैछ ।11188311_10205488919894370_1982112911758667058_n[1]