के सन्देश दिएर फर्किए मोदीका विशेषदूत

(150918) -- KATHMANDU, Sept. 18, 2015 (Xinhua) -- Indian Foreign Secretary Subrahmanyam Jaishankar arrives at Tribhuwan International Airport for his official visit in Kathmandu, Nepal, Sept. 18, 2015. Indian Foreign Secretary S Jaishankar arrived in Nepal on Friday as special envoy of Prime Minister Narendra Modi for a two-day visit just two days before the much-delayed constitution promulgation through the Constituent Assembly. (Xinhua/Sunil Sharma)

काठमाडौँ, २ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत सुब्रमन्यम जयशङ्करले दिगो संविधानबाटै नेपालको विकास र शान्तिमा योगदान पुग्ने बताउनुभएको छ । नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि त्रिभुवन विमानस्थलमा सङ्क्षिप्त मन्तव्य दिँदै उहाँले सबै पक्षलाई समेटेर संविधान जारी गर्न सके त्यो दिगो हुने विचार व्यक्त गर्नुभयो ।
यहाँ रहँदा आफूले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत राजनीतिक दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेको जानकारी दिनुभयो । प्रधानमन्त्रीको विशेषदूतको जिम्मेवारीमा नेपाल आउनुभएका विदेश सचिव जयशङ्करलाई विदाइ गर्न विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी, नेपालका लागि भारतीय राजदूत रणजित राय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीको उपस्थिति थियो ।