लण्डन । सोंपाल समाज यूकेले वर्षेनी मनाउँदै आएको ल्होछार विशेष कार्यक्रम गर्ने भएको छ ।
६ जनाबरी शनिबार लन्डनस्थित ग्रिनफोर्ड टाउन हलमा विविध कार्यक्रम सहित ल्होछार मनाउने भएको हो।
संस्थाका अध्यक्ष श्री प्रसाद गुरुङको अध्यक्षतामा कार्यक्रम भब्य हुने ब्यापक तयारी भएको हो।
कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु ममता गुरुड तथा सरुन गुरुडको बेजोड प्रस्तुति रहने महासचिव भरत गुरुङले बताए ।
कार्यक्रममा उत्साहजनक सहभागिताका लागि सबै बेलायतवासी नेपालीलाई अध्यक्ष श्री प्रसाद गुरुङले अपिल गरेका छन् ।
सल्लाहकार डेबिड गुरुङले ल्होछारको सुभकामना दिदै धुमधामले मनाउन सबैलाई नीम्ता गरेका छन् 






