लण्डन । रचनाकार ज्योतीे गुरुङले आफ्नो दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।आफ्नो वास्तविक जीवनसँग मेल खाने शब्द, नेपालमा रहेका दुई छोरीको सम्झनामा यो गीत रचिएको बेलायतमा रहेकी रचनाकार ज्योतीे गुरुङले बताइन् ।
गीतमा गायिका देवी घर्ती मगरको स्वर, संगीत सुरज लामिछाने साथै भिडियोमा रचनाकार स्वयं ज्योतीे गुरुङ र काव्या श्रेष्ठको प्रमुख भुमिका रहेको छ । साथै अनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार, ईभा सिंह ठकुरी अतिथि भुमिकामा देखिएका छन् ।
त्यस्तै मेकअप दिपिका श्रेष्ठ तथा रगं संयोजन नवीन निरौलाको रहेको छ । भिडियोको छायांकन, सम्पादन, परिकल्पना र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । बेलायतमा स्तरिय भिडियो निर्माण एवं व्यस्त म्युजिक भिडियो निर्देशकको परिचय बनाएका निर्देशक श्रेष्ठले यस भिडियोमा आफ्नो प्यारा सन्तान देशमै छोडी उनीहरुको भविश्यका लागि वाध्यतावश प्रवासिएका अभिवावकहरुको वेदना भिडियोमा प्रस्तुत गरिएको बताए । भिडियो रचनाकार ज्योती गुरुङको युट्यूव च्यानल जेजी क्रिएशनमा हेर्न सकिन्छ । (हेर्नुस यस्तो छ भिडियो)https://www.youtube.com/watch?v=9s5ut-JO0Ro&list=RDMM9s5ut-JO0Ro&start_radio=1






