युरोप , युरोपियन देश ग्रिसमा पत्रकारलाई शुक्रवार दुई बन्दुखधारीहरुले हत्या गरेका छन ।
बन्दुक धारीहरुले ग्रिसको राजधानी एथेन्समा घर नजिकै चर्चित पत्रकार एवमं स्टार टिभीका लागि कानुन , अपराध सम्बन्धी लेख्दै आउनुभएका जर्ज करैभाजलाई हत्या गरेको स्थानिय मिडियाहरुले जनाएका छन ।
पत्रकार जर्ज कानुन सम्बन्धि कार्यक्रमहरु चलाएर ग्रिसमा चर्चित पत्रकारहरु मध्ये एक रहेको रुटरलाई हवाला दिदै साईप्रस मेलले समाचार बनाएको छ ।
पत्रकार जर्जको हत्यामा संलग्नलाई पक्राऊ गर्नका लागि ब्यापक खोजी निति भैरहेको ग्रिस सरकारकी प्रवक्ता अरिस्टोटेलिया पेलोनीले बताउनु भएको छ ।
प्रवक्तका अनुसार कराईवाजलाई शुक्रबार दिउँसो मोटरसाइकलमा दुईजना बन्धुकधारीहरुले एथेन्सको दक्षिणी भागमा रहेको अलिमोसमा आफ्नो घर नजिकै धेरै राउन्ड गोली हानेको जानकारी दिनुभएका छ ।
घटनास्थलबाट १२ वटा बुलेट क्यासिंगहरू संकलन गरिएको नाम नभन्ने सर्तमा एक पुलिस अधिकारीले जानकारी दिनुभएको छ ।






