काठमाडौं, वैशाख १५ – संयुक्त राष्ट्र संघले शनिबार नेपालमा गएको विनाशकारी भूकम्पले ८० लाख मानिस प्रभावित बनेको अनुमान गरेको छ । संघले नेपालमा उद्धार र राहत सहज बनाउन तत्काल १५ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

संयुक्त राष्ट्र संघले सेन्ट्रल इमरजेन्सी रेस्पोन्स फन्डबाट उक्त रकम उपलब्ध गारउन लागेको हो । संघका प्रवक्ता फरहान हकले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उक्त सहयोग रकमले रहात तथा उद्धारका कार्यलाई अझ प्रभावकारी र छिटो बनाउन सहयोग गर्ने विश्वास लिएको उनले बताएका छन् ।
सरकारी अधिकारीहरुको तथ्यांकलाई उल्लेख गर्दै हकले नेपालको १ तिहाई जनता भूकम्पबाट प्रभावित बनेको बताए । उनले १४ लाखलाई तत्काल खाद्य सामग्री तथा बासस्थानको आवश्यकता रहेको बताए ।
राहतबारे नेपालमा रहेको संयुक्त राष्ट्र संघको टोलीले संयोजन गरिरहेको अकले बताए ।






