चिनियाँ खोप सिनोफार्मलाई नेपाल सरकारले दियो अनुमति

काठमाडौं । सरकारले चिनियाँ खोप सिनोफार्मलाई पनि आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले जनवरी १६ मा एक बैठक बस्दै उक्त निर्णय गरेको हो ।

चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको सिनोफार्म खोपलाई अनुमति दिएको हो ।

भारतमा उत्पादन भएको कोभिसिल्डलाई अनुमति दिई प्रयोगमा समेत थालिएको नेपालमा अब चिनियाँ खोप प्रयोगको पनि बाटो खुलेको छ ।

चीनले नेपाललाई ५ लाख डोज खोपमा अनुदानमा दिने घोषणा गरिसकेको छ ।

जनवरी १३ मा सिनोफार्मले सरकारसँग आपतकालिन प्रयोगका लागि निवेदन दिएको थियो । जनवरी १५ सरकारले भारतको कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको थियो ।

सिनोफार्मले ७९.३४ प्रतिशत खोप प्रभावकारी हुने जनाएको छ । हाल नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग भइरहेको छ ।