काठमाडौँ । चितवन–काठमाडौं प्रजातान्त्रिक संगमको अध्यक्षमा हेमराज लामिछाने सर्वसम्मतीले चयन भएका छन् ।
काठमाडौंमा सम्पन्न ३१औं साधारणसभाले स्थानीय शासन विज्ञ समेत रहेका लामिछानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
संस्थापक अध्यक्ष एवम् पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा.प्रेमनारायण अर्याल, प्रा.डा.यज्ञ प्रसाद अधिकारी, पूर्व अध्यक्षहरु विष्णुराज पौडेल र विष्णु प्रसाद थपलिया, निवर्तमान अध्यक्ष डा. खेमराज भेटुवाल लगायतले बोल्दै नयाँ शिराबाट संगमलाई अघि बढाउन सुझाव दिएका थिए ।
साधारणसभामा चितवन काठमाडौं प्रजातान्त्रिक संगमका पदाधिकारीहरु, सदस्यहरु लगायत चितवनबाट काठमाडौं आई विभिन्न पेशा र व्यवसायमा संलग्न प्रजातन्त्रप्रति आस्थावान व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तत्कालिन जिल्ला विकास समिति महासंघ नेपालको कार्यकारी महासचिव भैसकेका स्थानीय शासन विज्ञ हेमराज लामिछाने विगत लामो समयदेखी स्थानीय शासनको क्षेत्रमा क्रियाशिल छन् ।
अध्यक्ष भएपछि बोल्दै अध्यक्ष लामिछानेले कार्यसमितिलाई सबल बनाएर अघि बढ्ने बताउँदै आफूहरुलाई सकारात्मक सुझाव दिएर काम गर्न साथ दिन आग्रह गरे ।






