लण्डन । गुल्मीको चन्द्रकोट गाँउपालिका ४ रेमी निवासी दुबै मृगौला फेल भइ उपचाररत दल बहादुर पुन मगरको उपचारको निम्ती बेलायतबासी गुल्मेलीहरुले २ लाख ७८ हजार बढी आर्थिक सहयोग गरेका छन् ।
पारिवारिक श्रोतको अपिलमार्फत बेलायत बाट २ लाख ७८ हजार ९९८ रुपैया सहयोग परिवारलाई पठाइएको हो । पीडित पुन भारतमा रोजगारीको शिलशिलामा दुबै मृगौलामा समस्या देखिएपछि स्वदेश फर्केका थिए ।
समस्याले पिडीत भएर उपचार गराउँदा आफ्नो भएको सम्पती सकिएसँगै उनलाई थप उपचारको निम्ती आर्थिक संकट परेको छ । परिवारको कमजोर आर्थिक अवस्थाको कारण बेलायतमा रहेका गुल्मेलीहरुले पुनको जीवन बचाउने उद्धेश्य सहित उक्त रकम संकलन गरिएको जनाइएको छ ।
उक्त रकम बुटवल नयाँमिल स्थित पुन बस्दै आएको निवासमा पुगी सुबेदार मेजर थमान सिह थापा काउचा र रिटायर सुबेदार मेजर तथा हनेरी क्यापटन खिम थापा काउचाले पुनलाई हस्तान्तरण गरेका हुन् ।
बेलायतमा गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष, सल्लाहाकार साथै प्रथम नौमती बाजा गुल्मी युके समुहको प्रमुख सयोजक ओम थापा काउचा र जमुना पुन रानाको सक्रियतामा गुल्मी जिल्ला समाज युकेका सदस्य सहित गुल्मीबासी र अन्य नेपालीहरु मार्फत उक्त रकम संकलन गरिएको थियो ।
अर्थ संकलन सयोजक काउचा यस्ता परोपकारी कार्यमा बेलायत बासी गुल्मीलीहरू अती सक्रीय रहेको बताउँदै आपत बिपतमा परेका मानिसहरुलाई ठुलो राहात पुगेको बताए । गुल्मी चन्द्रकोटबासीहरूले यस चलाएको यस अभियानमा हालसम्म करिब १८ लाख रुपैया संकलन भएको सुबेदार रि. नबिन पुनले बताए ।
पुनको उपचारको लागि हाल विश्वभर रकम संकलन चलिरहेको छ ।
हङकङमा मदन पुनले संयोजन गरिरहेका छन् भने जापान, सिंगापुर, कोरीया, अमेरीका, ईजरायल, मिडलईस्ट, बेल्जिम लगायतका देशमा पनि रकम संकलन चलिरहेको छ ।
यसैगरी स्वदेशका विभिन्न जिल्लामा पनि अर्थसंकलन भइरहेको चन्द्रकोट शान्तीपुरका समाजसेवी चिरन श्रेष्ठले बताए ।
घरको आर्थिक स्थिति अत्यधिक दयनीय छ। साथै सम्पूर्ण पारिवारिक जिम्मेवारी पीडितमा नै निर्भर रहेको हुनाले समस्या अझ जटिल हुन पुगेको छ।






