‘महँगीको विरोध प्रदर्शन फ्रान्सको अर्थव्यवस्थाका लागि विध्वंश’

फ्रान्सका अर्थमन्त्रीले त्यहाँ चलिरहेको महँगीको विरोध प्रदर्शन अर्थव्यवस्थाका लागि विध्वंश भएको बताएका छन् ।

अर्थमन्त्री ब्रुनोले अहिलेको स्थिती समाज र लोकतन्त्रका लागि संकट बताएका छन् ।

पेरिसमा प्रदर्शनको क्रममा तोडिएका पसलहरुको विवरण लिन पुगेका अर्थमन्त्रीले भने, ‘यो व्यापारका लागि विनाश हो, यो हाम्रो अर्थव्यवस्थाका लागि विध्वंश हो ।’

तेलको बढ्दो मूल्य, दैनिक उपभोग्य वस्तुको महँगी र अन्य मुद्दाका लागि फ्रान्सका श्रमिक वर्ग पछिल्लो चार हप्तादेखि हरेक शनिबार–आइतबार प्रदर्शन गरिरहेका छन् ।

यो शनिबार सवा लाखदेखि अधिक मानिसले प्रदर्शनमा भाग लिए र १२ सय बढीलाई पक्राउ गरिएको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोंले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै यो संकटबाट उत्रिनका लागि प्रस्तावको घोषणा गर्ने सम्भावना छ । उनले सोमबार स्थानीय समयानुसार राती आठ बजे सम्बोधन गर्नेछन् ।

प्रदर्शनको सबैभन्दा क्षती राजधानी पेरिसमा भयो जहाँ दश हजारबढी मानिस सडकमा उत्रिए । उत्तेजित प्रदर्शनकारीले घरका सिसा फोडे, पसल लुटे र गाडीहरुमा आगो लगाइदिए ।

पेरिसका उप–मेयर इम्यानुएल ग्रेगोइरेले स्थानीय रेडियोसँगको कुराकानीमा भने, ‘गत हप्ताभन्दा यो हप्ता अत्यधिक क्षती भएको छ ।’

तर गत हप्ताभन्दा यसपटक कम मानिसहरु घाइते भएको उनले जानकारी दिए ।

यसै वर्ष फ्रान्सका विदेशमन्त्री जाँ ईव ले ड्रियांले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जवाफ दिएका छन् । शनिबार गरिएको एक ट्वीटमा ट्रम्पले पेरिसमा चलिरहेको प्रदर्शनलाई जलवायु परिवर्तनसँग जोडेका थिए ।

ले ड्रियांले भने, ‘मलगायत फ्रान्सेली राष्ट्रपति यो चाहन्छौं कि हाम्रो देश हामीलाई नै छोडिदिनुहोस् ।’

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *