सामूहिक बलात्कारपछि युवतीलाई रुखमा झुन्ड्याइयो

एजेन्सी । पछिल्ला समयमा बलात्कारका घटना बढिरहेको समयमा भारतमा भएको एउटा हिंस्रक घटना सार्वजनिक भएको छ ।

उत्तर प्रदेशको वारदात जिल्लामाको एक गाउँमा दलित महिलालाई सामूहिक बलात्कारपछि हत्या गरी रुखमा झुन्ड्याइएको घटना सार्वजनिक भएको हो ।

पीडित दलित युवतीलाई राति घरबाटै जबरजस्ती उठाएर लगेर सामूहिक बलात्कार पछि हत्या गरी युवतीलाई रुखमा झुन्ड्याइएको हो । ती युवतीको भोलिपल्ट विवाह पक्का हुने दिन थियो ।

घटनापछि सो स्थानमा तनाव उत्पन्न भएपछि ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार घटनाका चार आरोपीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।