बेलायतमा डा. कपिल रिजालले निर्माण गरे ८ मिनेटको कोभिड मुभी (भिडियो हेर्नुहोस)

लण्डन । बेलायतको नेपाली समुदायमा लोकप्रिय दन्त व्यवसायी डा. कपिल रिजालले अंग्रेजी भाषाको छोटो चलचित्र बजारमा प्रस्तुत गरेका छन् । यूकेको नेपाली समुदायका समाजसेवी, म्यूजिक भिडियो निर्देशक एवं फिल्म निर्माता समेत रहेका रिजालले कोभिड १९ महामारीको परिस्थिती र यसले निम्त्याएको जटिलताको विषय जोडेर ‘गिल्ट कोभिड १९’ नामक सर्टमूभी बजारमा ल्याएका हुन् । करिब ८ मिनेट लामो उक्त फिल्म शुक्रबार ‘केआर प्रोडक्सन’ नामक यूट्युबमार्फत सार्वजनिक गरिएको छ ।
पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।

 फिल्मबारे जानकारी दिन डा. रिजालले शनिबार बेलायतस्थित नेपाली पत्रकारहरुसंग जुम मार्फत अन्तरक्रिर्या समेत गरेका थिए । महामारीमा हरेक मानिसलाई परेको समस्या, यसले निम्त्याएको जटिलता र विश्वव्यापी भोगाई समेट्ने गरी उक्त मूभी तयार गरेको रिजालले जानकारी दिए । उनले उक्त फिल्म विदेशमा बस्ने दोश्रो पुस्ताका नेपालीमा क्षमता र आत्मविश्वास बुझाउने उद्धेश्य सहित निर्माण गरिएको भन्दै यस फिल्म बनाउन तन, मन दिएर लागिपरेको बताए ।
महामारीको समयमा सचेतना फैलाउनु र यसले निम्त्याउने क्षतिलाई न्यूनिकरण गर्न मद्धत गर्ने सोचका साथ यस मूभी बनाएको उनको भनाई छ । फ्रन्टलाइनमा खटिएर काम गरिरहेका कर्मचारीहरुलाई समेत सम्बोधन गरिएको उक्त फिल्म सार्वजनिक गरेसँगै डा. रिजालले महामारी नियन्त्रणमा ‘हिरोज’को भूमिकामा रहेका ‘योद्धा’हरुलाई १० हजार पाउण्ड सहयोग गर्ने लक्ष्य बटुलेको बताए ।
सहायक निर्देशक टंक धमला (लियो ट्यांक) र कार्यकारी निर्माता सपनकुमार राई रहेको चलचित्रमा लुक हन्टरको एकल भूमिका छ भने डिओपी जिम्मेवारी सुमन श्रेष्ठ र डिजिटल पार्टनर सन्तोष मण्डल छन् । रिजालले बजारमा ल्याएको ‘सुस्तरी’ र ‘मेरो मनमा’ म्यूजिक भिडियोले चर्चाको शिखर चुमेका थिए भने कोभिड महामारीको कारण ‘कर्मा’ नामक छोटो चलचित्र बजारमा ल्याउन ढिलाई भइरहेको छ । सस्पेन्स र थ्रिलर फिल्म किलर टु को तयारीमा जुटेका रिजालले लगानी गरेको नेपाली चलचित्र ‘ड्रिम्स’ उत्तकिै सफल चलचित्र मानिन्छ ।
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) को अध्यक्ष रहेका उनीसंग बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव पनि छ । नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा. कपिल रिजालले भूकम्प लगत्तै करिब तीन दर्जन चिकित्सक र नर्स लिएर नेपालमा स्वास्थ्य शिविर र राहत, उद्दार तथा पुनर्निर्माणमा उल्लेख्य काम गरेका थिए ।