नेपाली संघ युकेले ताप्लेजुङ अग्नी पीडितका लागि संकलन गरेको रकम हस्तान्तरण:

ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा एमालेकी युरोप इन्चार्ज रामकुमारी झाँक्रीले संघको तर्फबाट सो रकम उप महासचिव घनश्याम भुसाललाई प्रदान गरेकी थिइन।

uk

संघले ५ लाख ५ हजार ५ सय ५५ रुपैया संकलन गरेको थियो। कार्यक्रममा मञ्चले सो रकम चाँडै पीडितहरुमा पुर्‍याउने जानकारी गराएको छ। उप महासचिव भुसालले सो रकम सम्पर्क मञ्चका अध्यक्ष अग्नी पौडेलले सो रकम बुझाएका थिए। कार्यक्रममा इन्चार्ज झाँक्रीले संघका अध्यक्ष रामशरण सिम्खडाको सक्रियतामा सो रकम संलग्न भएको जानकारी गराएकी थिइन। कार्यक्रममा उप महासचिव भुसालले प्रवास रहेर पनि देशभित्र दु:ख परेकाहरुलाई सहयोग गरेको भन्दै संघलाई केन्द्रिय कमिटीको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए। ताप्लेजुङको फुङलिङमा चैत्र ८ गते राति भएको आगलागीमा ३७ घर जलेको छ भने २७ करोड रुपैया बराबरको क्षति भएको थियो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य टंक कार्की, विजय गुरुङ, देवराज घिमिरे लगायतले बोलेका थिए। कार्यक्रममा अनेरास्ववियुले संकलन गरेको २५ हजार रुपैया पनि हस्तान्तरण गरिएको थियो।