रौतहट । चन्द्रपुर नगरपालिका–१० सन्तपुरमा एक जनाले आफनै घरमा आएका पाहुना माथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
ब्रतबन्धको अवसरमा विहीवार राति घर आएका पाहुना माथि स्थानीय कृष्ण सापकोटाले खुकुरी प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाईते हुनेमा चन्द्रपुर १०का १५ बर्षीय ऋिषि बजगाई, १८ बर्षका संञ्जु बजगाई, १६ बर्षका सागर बजगाई, बिरगज बस्ने १६ बर्षका अरुण पाण्डे र १६ बर्षका सुरज पाण्डे रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
घाईतेहरुको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी भरतपुर अस्पताल लगिएको छ ।
घाईते भएका ऋिषि बजगाईको भने चन्द्रनिगाहपुर अस्पतालमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायव उपरिक्षक नेत्रमणि गरिले जानकारी दिए ।
खुकरी प्रहार गर्ने सापकोटा फरार रहेकाले खोजी भै रहेको उनले बताए । राति करिव २ बजेको समयमा घरमा सुतिरहेको पहुनालाई खकुरी प्रहार गरि सापकोटाले घाईते बनाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






