लण्डन । वितेको २४ घण्टामा बेलायतमा महामारी शुरु भययता हालसम्मकै धेरै संत्रक्रमित संख्याको रेकर्ड कायम भएको छ ।
गत २४ घण्टामा ४१ हजार ३८५ जना नयाँ ससंक्रमित थपिएका छन् भने ३५७ जनाको मृत्यु भएको छ ।
बेलायतमा कोरोनाभाइरसको नयाँ स्वरुप भेटिएसँगै संक्रमणदर बढेको स्वास्थ्य विभागको भनाई छ ।
सरकारी तथ्याङ्कका अनुसार यस अवधिमा २१४३ जना विरामीहरु अस्पताल भर्ना भएका छन् ।
अहिले यूकेमा २१ हजार २८६ जना बिरामीहरु अस्पताल भर्ना भएका छन् भने जसमध्ये १५२९ जना भेन्टिलेटरमा छन् ।
वितेको २४ घण्टामा ५ लाख बढी नमुना परिक्षण गरिएको थियो ।






