लण्डन । बेलायतमा कोरोना भाइरसको नयाँ संस्करण फेला परेको छ । बीबीसीका अनुसार द्रुत गतिमा फैलिरहेको यस नयाँ स्वरुपले हाल बनेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिनले समेत काम नगर्न सक्ने बताइएको छ ।
स्वास्थ्यमन्त्री म्याट ह्यान्कले कम्तिमा ६० स्थानीय प्रशासनमा यो नयाँ स्वरुप भेटिएको जानकारी दिए ।
उनले यसबारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको र बेलायतका वैज्ञानिकहरुले यसमा विस्तृत अध्ययन गरिरहेको जानकारी दिए ।
उनले सदनमा गतहप्ता लन्डन, केन्ट, एसेक्स र हर्टफोर्डशायरका कोरोनाभाइरस संक्रमणको दर निकै बढेको समेत बताएका थिए ।
“वर्तमानमा हामीले यस किसिमको भाइरसको १,००० भन्दा बढी केसहरु प्राप्त गर्यौं जुन विशेष गरी इंग्ल्याण्डको दक्षिणी भागका ६० स्थानीय प्रशासनमा भेटिएका छन्।” उनले भने ।
उनले चाँडो निर्णायक कदम चाल्नु पर्ने बताए । नया स्वरुप देखिएपछि इग्ल्याण्डमा फेरी कडा लकडाउन हुन सक्ने चेतावनीहरु समेत आएका छन् ।






