लण्डन । शरदराज मैनालीको शब्द तथा स्वर रहेको नयाँ गीत ‘तिमिलाई नै माया ’ बोलको गीत सार्वजनिक भएको छ ।गीत समाजीक सन्जालबाट सार्वजनिक भएको हो । चागुनारायणको त्रिसुलडाडा आसपासका स्थानमा छायाँकन भएको भिडियोमा गीतकार शरदका अलवा स्वेता क्षेत्री, विवेक आचार्य, शिखा घिमिरे, पुरुसोतम अचार्य, सपना पाण्डेको अभिनय देख्न सकिन्छ ।
यस गीतमा स्वर दिएका विवेक आचार्यले गीतप्रति दर्शक तथा श्रोताको राम्रो प्रतिक्रिया पाएको बताए । ‘बजारमा आएदेखि जति दर्शक तथा श्रोताले हेर्ने सुन्ने गर्नुभएको छ, उहाँहरुबाट राम्रो प्रतिक्रिया हामीले पाएका छौँ,’ उनले भने, ‘भिडियो विस्तारै ग्रो हुने क्रममा छ, हामी खुशी छौँ ।’ उनले केही समयमै अन्य विभिन्न म्यूजिक भिडियोहरु बजारमा ल्याउने तयारी गरीरहेको समेत जानकारी दिए ।यसैबीच लण्डन बसोबास गर्दै आएका विवेकका दिदी विनिता धरेल, भिनाजु मधु धरेल, भान्जी तृष्णा रेग्मी र स्नेहा धरेलले पनि म्यूजिक भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।
लोकपपमा रोमान्टिक शैलीले तयार परिएको गीतको भिडियोमा तीन प्रेम जोडीको ट्रयाङ्गल लभस्टोरी कथाको रुपमा प्रस्तुत गरिएको छ ।सौरभ न्यौपानेले निर्देशन गरेको भिडियोमा छायाँकन रबिन श्रेष्ठ र सम्पादन टेकेन्द्रको रहेको छ । भिडियो निर्माण सुएस भट्टराइले गरेका हुन् ।
हेर्नुहोस पुरा भिडियो:






