बेलायतमा कोरोनाबाट निधन हुनेको संख्या करिब ६० हजार

लण्डन । बेलायतमा कोरोनाको कारण निधन हुनेहरुको संख्या करिब ६० हजार पुगेको छ । वोल्डोमिटरका अन्सार हालसम्म कोभिड १९ को कारण ५९ हजार ६९९ जनाको निधन भएको छ । त्यसैगरी संक्रमितको संख्या १६ लाख ६५ हजार २५६ पुगेको छ । लकडाउन खुलेको दिन यूकेमा कोरोनाको कारण थप ६४८ कोरोना संक्रमितको मृत्यु भएको छ भने १६ हजार १७० जना नया संक्रमित फेला परेका छन् ।

बेलायतमा कोरोनाको दोस्रो लहर शुरु भएपछि दोस्रो चरणको लकडाउन गरिएको थियो, उक्त लकडाउन पनि बुधबार विभिन्न प्रतिबन्धहरु कायम राख्दै औपचारिक रुपमा अन्त्य गरिएको छ ।

यूकेमा फाइजरले बनाएको कोरोना खोपलाई सरकारले मान्यता दिएको छ । यही डिसेम्बर पहिलो साताबाट नागरिकमा खोप लगाउने क्रम शुरु हुन लागेको छ ।

यो पनि : बेलायतले दियो फाइजर खोेपलाई अनुमति, एक हप्ताभित्र प्रयोग थालिने