कांग्रेस सांसद मोहन पाण्डेले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सभामुख अग्नि सापकोटाले उहाँलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो । केसीको गत कात्तिक १७ मा निधन भएको थियो ।