प्रधानमन्त्री भन्छन्,- “मिर्गौला फेरेपछि जोश बढ्यो, दाह्री जुँगा पनि काला आउन थाले”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरी सहकार्य गरि अघि बढ्न आग्रह गरेका छन् । दिउँसो तीन घण्टा बढी भएको भेटवार्ताको क्रममा बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो । तर सहमति भने केही पनि हुन सकेन् ।
भेटको क्रममा प्रधानमन्त्रीले आफ्नो जोश बढेको अनुभव सुनाए ।
मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेको, फुलेका दाह्री जुँगा कालो हुन थालेको प्रधानमन्त्रीले बताएको एक नेताले जानकारी दिए ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाएका थिए । उनी भने स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए ।
उक्त छलफलमा विवाद समाधान गर्नको निम्ती पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले ओलीले नै लचिलो हुनुपर्छ भनेर नेताहरुले भनेको बताइएको छ । तर ठोस प्रस्तावमा भने कुनै छलफल भएको बुझिएको छ ।