बाइडेनले भने, – “मलाई भोट गर्ने र नगर्ने दुवै मतदातालाई सम्मान गर्छु”

एजेन्सी । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले देशलाई एकताबद्ध पार्ने बाचा गरेका छन् । उनले आफुलाई भोट गर्ने र नगर्ने दुवै मतदाताहरुलाई बराबर नजरले हेर्ने बताए ।

जित पछि देशबासीको नाममा सम्बोधन गर्दै उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरे।

बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको बताए।

“म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु,” उनले भने। “म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गर्छु,” उनले भने, “जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ।”