ट्विलाइट पेमेन्टले जित्यो मेलवर्न कपको उपाधि

मेलवर्न । अष्ट्रेलियालाई विश्वभरी चिनाउने  राष्ट्रिय कप मेलबर्न कप २०२० को उपाधि ट्विलाइट पेमेन्टले जितेको छ । हरेक बर्ष नोभेम्बरको पहिलो मंगलबार आयोजना हुने मेलवर्न कप आज दिउँसो ३ बजेबाट शुुरु भएको थियो ।टाइगर मोथ र प्रिन्स अफ अरानलाई पछि पार्दै ट्विलाइटले उपाधि आफ्नो हातमा लिएको हो ।
उक्त जित आयोजक लिओड विलियमको लागि सातौ तथा प्रशिक्षक जोसेफ ओ विरेनको लागि दोस्रो हो ।
त्यसैगरी उक्त घोडाको रेसमा द चोजन ओन चौथो, पर्सन पाँचौ, सर ड्रागोनेट छैठौँ, वेरी एलिगेन्ट सातौ, रसियन केमलोट आठौँ भएका छन् । त्यस्तै फ्रिन्च नवौँ, अशरन दशौँ, ओसेनेक्स एघारौँ तथा वानिङ्ग बाह्रौँ भएका छन् । रेसमा २४ प्रतियोगी सहभागि थिए ।फ्लेमिङ्टनमा हुने उक्त कप कोरोनाभाइरस महामारीको कारण विगत १६० बर्ष यताकै खल्लो महसुस गरिएको छ ।
कोरोना महामारीको कारण यस बर्ष विगतमा जस्तो रेस हुन सकेन् । भिक्टोरियामा कोरोना महामारी सँगै लगाइएको प्रतिबन्धहरु कम गरिएता पनि फ्लेमिङ्टनमा गएर हेर्न पाइएको थिइएन । जसको कारण कप संचार मध्यमहरु च्यानल टेन , एबीसी, लोकल रेडियो, द रेसिङग एण्ड स्पोट्र्स नेटवर्क, एसइएन रेडियो तथा लाइन रेडियोमा मार्फत हर्न र सुन्ने परेको थियो  ।

यस्तो छ पुरस्कार
मेलवर्न कपको पुरस्कार ८ मिलियन डलर राखिएको छ । जसमा तोेकिएको लाइनमा आउने पहिला १२ घोडाहरुले उक्त पुरस्कार पाएका छन् । पहिलो हुने ट्विलाइटले ४.४ मिलियन डलर पाएको छ । दोस्रोले १.१ मिलिया, तेस्रोले ५५० हजार डलर, चौथोले ३५० हजार डलर, पाँचौले २३० हजार डलर पाए ।त्यस्तै छैठो देखी १२ औँ स्थानमा आएकाले बराबर १६० हजार डलर पाएका छन् ।

(Photo -ABC NEWS)