जाजरकोट, ८ वैशाख । रामीडाँडा गाविस वडा नं ७ का ६१ वर्षीय लालवीर नेपालीको गएराति मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार योसहित स्वाइन फ्लु र मौसमी रुघाखोकीबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । रामीडाँडामा अहिले बिरामीको सङ्ख्या बढेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाका सबै ठाउँमा सञ्चालन भइरहेका सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम, विवाह, व्रतबन्ध र अन्य कार्यक्रम स्थिति सामान्य नहुन्जेलसम्मका लागि बन्द गर्न प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले निर्देशन दिनुभएको छ ।
जाजरकोटमा थप एकको मृत्यु






