बाग्लुङ । शान्ति नेपाली समाज बेलायतले बाग्लुङ्गको ढोरपाटनमा गत भाद्र १७ गतेको बाढीले प्रभावित बनेका बाढीपीडितहरुलाई सहयोग गरेको छ ।
ढोरपाटन नगरपालिका वडा नं ६,७,८,९ का बाढी पीडितहरुलाई समाजको तर्फबाट १ सय २० थान ब्लाङ्केट सहयोग गरिएको सयोंजक प्रेमलाल खरेलले बताए । उक्त सहयोग सामाग्री आईतबार एक कार्यक्रमकाबीच नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरिएको हो ।
सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बेलायतमा रहेका नेपालीहरुले सकंलन गरी पठाएको रकमबाट उक्त सामाग्री सहयोग गरिएको सयोंजक खरेलले बताए । विपतको समयमा पीडामा रहेको ढोरपाटन नगरपालिकालाई थोरै भएपनि सहयोग होस् भनेर समाजको तर्फबाट सहयोग गरिएको उनको भनाई छ ।
सहयोग सामाग्री ग्रहण गर्दै नगरप्रमुख नेपालीले सहयोगी प्रति धन्यवाद व्यक्त गरे। उनले विदेशमा रहेर पनि स्वदेशमा भएको पीडालाई हृदयत लिने सम्पूर्णलाई आभार व्यक्त गरे । समाजका अध्यक्ष लिला थापाले गाँउठाँउमा परेको दुखको घाउमा मल्हम लगाउने काम गरेको बताए । समाजले यस भन्दा अघि पनि समाजका विभिन्न विधामा रहेर सहयोगका कार्यक्रमहरु गर्दे आइरहेको उनले बताए ।






