प्रशासनले भनेको नटेरे फेरी पनि लकडाउन गर्नुपर्ने स्थिती आउन सक्ने

काठमाडौं  – सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने बताए ।

सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाईदिएको समेत प्र।जि।अ। दाहालले स्पष्ट पारे । सरकारको लागि आदेश मान्नु भन्दा पनि आफनो र समाजको लागि कोरोना नफैलियोस भनेर मान्न जरुरी रहेको उनको सुझाव छ ।
आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्र।जि।अ। दाहालले जानकारी दिए ।

सरकारले जारी गरेका मापदण्ड अनुसार व्यापार, व्यावसाय सञ्चालन गर्न व्यापारीहरुलाई उनको आग्रह छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल सरकारले जारी गरेको आदेशलाई मान्दै व्यवसाय चलाएको बताए । कुनै व्यापारीले सरकारको आदेश विपरीत काम गरेको भए त्यस्ता व्यापारीलाई कारवाही गर्न अध्यक्ष कटुवालको प्रतिक्रिया छ ।

हामीले सरकारको आदेशको स्वागत गरेका छौ सरकारको नियम, निती विपरित काम नगरेको दावी गर्छन् । आदेश विपरीत व्यवसाय खोल्नेलाई सरकारले अनुगमन गरेर कारवाही गर्न व्यसायी कटुवाल बताउछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा। शेरबहादुर पुन जनस्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी रहेको बताउछन् । कोरोनालाई सामान्य रुपमा नलिन समेत उनको आग्रह छ । ,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।