शीर मेमोरियल अस्पताल कोरोना हटस्पट बन्दै, धुलिखेलमा कोरोनाकै कारण वृद्धको मृत्यु

सोनी श्रेष्ठ ,बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा कार्यरत कर्मचारी, बिरामी र बिरामी कुरुवाहरुमा कोरोना संक्रमण देखिएसँगै अस्पताल कोरोना हटस्पट बन्ने खतरा देखिएको छ ।
विश्वव्यापी बढ्दो संक्रमणको अवस्थामा शुक्रबार साँझ प्रादेशिक ल्याब धुलिखेलमा गरिएको परिक्षणमा बनेपाको शिर मेमोरियल अस्पतालमा कार्यरत कर्मचारी, विरामी र विरामीका कुरुवाहरुमा संक्रमण देखिएको हो । शुक्रबारमात्र जिल्लामा २२ जना कोरोना संक्रमित देखिएँगै जिल्लामा ३ सय १६ जना कोरोना संक्रमित पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्रकुमार झाले बताए ।

अस्पतालको एक कर्मचारीको परिवारभित्रै ७ जनामा संक्रमण देखिएको छ । कर्मचारीमा पहिलो पटक भदौ १२ गते संक्रमण देखिएको थियो । यसअघि भैंसेपाटीमा रहेको स्पाईनल इन्जुरी अस्पतालमा १ सय ४ जना संक्रमित भएका थिए ।
यसैगरी, महोत्तरी बर्दिवास घर भई धुलिखेल अस्पतालमा उपचार गराईरहेका एक ७६ वर्षीय बृद्धको निधन भएको छ । विहान ६।३० बजे उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको ७६ बर्षीय बृद्धको कोरोना भाईरसका कारण निधन भएको डा। झाले जानकारी दिए।