राजपा अध्यक्षमण्डलको बैठक बस्दै, रेशम चौधरीका विषयमा समेत छलफल हुने

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक बस्दै छ ।

बैठकमा कैलाली–१ बाट निर्वाचित रेशम चौधरीलाई प्रमणपत्र आफै लिन आउन सर्वोच्च अदालतले दिएको आदेश लगायतका विषयमा समेत छलफल हुने नेता मनिस सुमनले बताए ।

प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ११ सिट जितेको राजपाले सामानुपातिकमा ६ सिट पाउने भएको छ । राजपाका नेताहरुले समानुपातिकको प्राथमिकताको सूचीमा आफन्त र आसेपासेलाई राखेको भन्दै आलोचना भइरहेको छ ।

बैठक सोमाबारका लागि तय भए पनि अध्यक्षमण्डलका नेताहरु महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा उपस्थित हुन नसकेका कारणा मंगलबारका लागि सारिएको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय बबरमहलमा बस्ने बताइएको छ ।