जनकपुरधाम- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् ।
कांग्रेस नेताले मधेसको माग विपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन दिनदेखि काँगे्रसका नेताविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् ।
कांग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाको आवासलाई लक्षित गरी भएको विरोध कार्यक्रमका क्रममा प्रहरी र आन्दोलनकारी झडप भएपछि आक्रोशित भीडले निधिको घरमा आगजनी गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुुसार आगजनीबाट घरमा राखिएको एउटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।







