नयादिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर खाता ह्याक भएको छ । ह्याक पछि नरेंद्र मोदीसँग सम्बद्ध प्रधान ट्वीटर ह्यान्डल @narendramodi_in मा उनीका फलोअर्सहरुलाइ प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत चन्दा अपील गर्न गएका थिए। मिडिया रिपोर्टका अनुसार बिहिबार बिहान सबा ३ बजे उनको अकाउन्ट ह्याक भएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार जुलाईको शुरुमा धेरै प्रमुख व्यक्तिको ट्विटर खाता ह्याक गरिएको थियो।
सामाजिक सञ्जाल ट्विटरले रोयटर्सलाई दिएको आफ्नो बयानमा भनिएको छ कि उनीहरू प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटको ह्याक गरिएको ट्वीटर ह्यान्डल बारे सचेत छन् र सुरक्षाका लागि कदमहरू चालिेका छन्। ट्वीटरले भन्यो, “हामी यस विषयमा सक्रियताका साथ अनुसन्धान गरिरहेका छौं,यस समयमा अन्य ट्वीटर ह्यान्डल ह्याक भएको बारे जानकारी छैन।“ २५ लाख भन्दा बढी व्यक्तिहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्यान्डल र उनको व्यक्तिगत वेबसाइटलाइ फलो गरेका छन् ।






