अलविदा ! भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी

नयादिल्ली। भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। ८४ बर्षको उमेरमा उनको दिल्लीको आर्मीको आर एण्ड आर अस्पतालमा निधन भएको हो । यो कुराको पुष्टि उनको छोराले ट्विट गरि गरेका छन् । उनको दिमागको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनी लामो समयदेखी कोमामा रहेका थिए । साथै उनी कोरोना भाइरसबाट पनि संक्रमित रहेका थिए ।

भारतीय राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले ट्वीट गर्दै समवेदना प्रकट गरेका छन्। पाँच दशक लामो राजनीतिक यात्रामा उनले लगभग सम्पूर्ण कुरा प्राप्त गरेका छन्। उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए। वर्षौँअघि उनले शिक्षक र पत्रकारका रूपमा काम गरेका थिए। मुखर्जी भारतीय ब्याङ्कहरूका विभिन्न समितिहरूमा पनि रहेका थिए। उनी विश्व ब्याङ्कको बोर्ड सदस्य पनि रहे। उनले भारतको लोकसभाको सभामुख र कैयौँ सरकारी समितिहरूका अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।