अफगानिस्तानमा २ बालकालिकासहित ३ जनाको मृत्यु

अफगानिस्तान,१ वैशाख-अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा सोमबार राति भएको एक विस्फोटनमा परी चार सर्वसाधारणको मृत्यु भएको छ । प्रान्तीय सरकारले मंगलबार त्यसको पुष्टि गरेको छ ।

वार्दाक प्रान्तको मर्काजी बेह्सुउद जिल्ला सोमबार राति योजना गरिएको बारुदी सुरुङ्ग विस्फोटमा परी दुई बालबालिकासहित तीन व्यक्तिको मृत्यु भएको बताइएको छ ।

सोही समयमा निर्ख जिल्लामा एक सर्वसाधारणको आफ्नै बन्दुक अकस्मात चल्दा मृत्यु भएको प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सोमबार सयेद अबाद जिल्लामा तालिवानीले गरेको गोली प्रहारमा परी एक स्थानीय बासिन्दा इजातुल्लाह खान घाइते भएको जनाइएको छ ।

 

afaganstan