अनिश शर्मा गैरे,काठमाण्डौ
काठमाडौं जिल्ला प्रशासन कार्यालयले राहदानी र नागरीकता बितरण बन्द गर्ने भएका छन् ।
अत्याधिक भिडभाड बढेको कारण कोरोना संक्रमणको जोखीम पनि बढेको भन्दै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दुइ हप्ताकोे लागि राहदानी बितरण र नागरीकता बितरण बन्द गरेको जानकारी दिए ।
‘भिडभाड अत्यन्तै बढेको कारण प्रशासन बन्द रहनेछन’ उनले भने ‘अत्यावश्यक परेका कामहरु मत्र हुनेछन्, १५ दिन जिल्ला प्रशासनबाट हुने सबै सेवाहरु स्थगन गर्ने निर्णय गरिएको छ’ ।
उनले बढी भिड भएका क्षेत्रहरु टेकु र महाबौद्ध हाललाइ सिल गरिएको बताए । उनले संक्रमण बढी भएका क्षेत्रमा सिल गर्ने निर्णय भएको बताए ।
यसैगरी काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई साताको लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको छ।
जोखीम बढेको कारण काठमाण्डौका नाकामा पनि कडाइ गरिएको छ ।
न्युरोडका केही पसलहरु बन्द
व्यापारीमा कोरोना देखिएपछि काठमाण्डौको न्युरोड क्षेत्रका केही पसल तथा कार्यालयहरु बन्द हुने भएका छन्।
न्युरोडका केही पसल कार्यालयहरु बन्द गर्ने विषयमा वडा समिति सदस्य, व्यापारी, स्थानीय संघसस्थाका प्रनिनिधिहरुबीच भएको सहमतिअनुसार पसल तथा कार्यालय बन्द गर्ने निर्णय भएको वडाअध्यक्ष चीनकाजी महर्जनले बताए।
अन्य व्यापारीहरुको पिसिआर रिपोर्ट नआएसम्मको निम्ती ती पसल तथा कार्यालयहरु बन्द हुने भएका छन् । शुक्रवार काठमाण्डौमा १०६ जनामा कोरोना पुष्टि भएको छ ।






