नेपाल सरकारको नया नियम : भोलीबाट जोरविजोर प्रणाली, रातीमा हिडडुल गर्न पनि रोक

काठमाण्डौ – कोरोना महामारी फैलने त्रास र आशंका बढेसँगै सरकारले पुन केही पुरानै निर्णयहरुलाइ दोहोर्याउने निर्णय गरेको छ ।

विहिबार देखी लागु हुने गरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने भएको हो ।

सरकारले साउन ६ गतेदेखी जोर विजोर हटाउने देखी लकडाउन अन्त्य भएको घोषणा गरेको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

रातीमा हिड्न निषेध
यसैबिच सरकारले रातको समयमा हिड्न पनि निषेध गरेको छ । अबबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पाइने छैन ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

देशका १४ जिल्लामा निषेधाज्ञा नै लागु भइसकेको छ । कोरोनाको जोखीम अत्याधिक भएको कारण सरकारलाइ जोरविजोर प्रणाली लागु गर्न या लकडाउन गर्न दवाव भएको थियो ।